काठमाडौं । ‘कनेक्ट इन’ तेस्रो संस्करणको अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुने भएको छ । भारतीय दूतावासको सहकार्यमा लाजिम्पाटस्थित होटल ¥योडिसनमा ‘कनेक्ट इन’ तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलनद’ हुन लागेको आयोजकले जनाएको छ ।
नेपाली, भारतीय स्टार्टअपहरू, उद्यमीहरू, लगानीकर्ताहरू, उद्यम पुँजीपतिहरू, महत्वाकांक्षी युवाहरू, विज्ञहरू, उच्च पदस्थ सरकारका अधिकारीहरू र मिडियाका प्रतिनिधिहरूलाई एउटै प्लेटफर्ममा सहभागि गराएउने कार्यक्रम रहेको छ ।
कार्यक्रममा १५ भन्दा बढी नेपाली र भारतीय प्रख्यात वक्ताहरूले आफ्ना आआफ्नो धारणा राख्ने छन् भने २० भन्दा बढी स्टार्टअपहरू र १५ भन्दा बढी साझेदारहरूसँग सहकार्य गरिने भएको छ । चैत्र १ गते भएको आइडिया अडिसनबाट आफ्नो स्टार्टअप व्यवसायलाई प्रस्तुत गरेका २० स्टार्टअप व्यवसाय मध्ये प्रतिस्पर्धाको आधारमा उत्कृष्ट ४ उद्यमीहरु छनौट भएका थिए ।
छनौट भएका उत्कृष्ट उद्यमीहरु
१ शैलजा कसाजु– तेक्का प्रालि
२ बोया फ्रेश प्रालि
३ सचिन डाँगी – सारंग प्रालि
४ वेद प्रालि
यी उत्कृष्ट चार उद्यमीहरुले नेपाल र भारतका प्रख्यात उद्यमीहरूको सामु चैत्र ९ गतेको फिनालेमा आफ्नो व्यवसायिक विचार लगानीका लागि प्रस्तुत गर्ने अवसर पाउने छन् ।
सम्मेलनले दुई देशका युवा उद्यमीलाई उद्यमशीलता बारे आपसी छलफल, नयाँ–नयाँ आवधराणा विकास तथा विस्तार र अवसर खोजी गर्ने साझा प्लेटफर्म हुने आयोजकले विश्वास लिएको छ ।
