काठमाडौ । कर्णाली प्रदेश समाज क्षेत्रीय कमिटी कान्तो (टोकियो) जापान र नायक पल शाहको टीमले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना महामारीले आक्रान्त भइरहेको वेला कर्णाली प्रदेश समाज कान्ताे(टोकियो) र नायक पल शाहको टिमले स्वास्थ्य तथा खाद्यान्न सामग्री वितरण गरेको हो । शाहको टिमले दैलेखको आठबीस नगरपालिकाको तिलेपाटका स्वासथ्य चौकीका लागि स्वास्थ्य सामग्री वडा नं ८ का वडा अध्यक्ष मुक्ति आचार्यलाई राकम कर्णालीमा हस्तान्तरण गरेको थियो ।
नायक पहल शाले वडा अध्यक्ष आचार्यलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन । दुल्लु नगरपालिकाको कालभैरव स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गरिएको कर्णाली प्रदेश समाज क्षेत्रीय कमिटी कान्तो (टोकियो) जापान अध्यक्ष विरेन्द्र शाहीले जानकारी दिए । उनले दैलेखको तल्लो डुङ्गेश्वरको वादी वस्तीमा ४० बोरा चामल वितरण गरिएको बताए । कालिकोटको रास्कोट अस्पताल, पचालझरनाको सिकु स्वास्थ्य चौकी, रकु र मुम्रा स्वास्थ्य चौकीमा अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।
कालिकोट जिल्लाको खाडाचक्र नगरपालिकामा रहेको जिल्ला अस्पताल कालिकोटलाई अक्सिजन सिलिन्डर, स्वास्थ्य सामग्री र खाद्यान्न समेत वितरण गरिएको शाहीले जानकारी दिए । शाहीले कर्णाली प्रदेश समाज क्षेत्रीय कमिटीले चलाएको आर्थिक अभियानमा साथ दिदै सहयोग गर्ने सहयोगी हातहरुलाई र विसम परिस्थितिमा पनि कोरोनाको प्रवाह नगरि दुरगम जिल्लाहरुमा आफै पुगर सामग्री वितरण गर्ने नायक शाहको टिमलाई समेत धन्यवाद दिएका थिए ।

