सुर्खेत । कोका—कोला र नेपाल रेडक्रस सोसाइटी नेरेसो को साझेदारी अन्तरर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोभिड विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धिको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत, बिरेन्द्रनगर, रक्तसञ्चार केन्द्र र स्वयंसेवकहरुलाई सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण गरिएको छ ।
१६ लाख ३२ हजार आठसय पचास मूल्यको आइसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २५०० जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोशाक, केएन ९५ मास्क २०० थान र २५ थान सुरक्षा चस्मा रहेका छन् । ती सामग्रीहरुको जम्मा मूल्य १९ लाख ६५ हजार दुई सय रहेको छ ।
सामग्री हस्तान्त्रणमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, सचिव लोकनाथ पौडेल, नेरेसोका केन्द्रीय कार्यबाहक अध्यक्ष सर्मिला कार्की, कोषाध्यक्ष सिताराम कोईराला, केन्द्रीय सदस्य खेमराज केसी, प्रदेश समिति अध्यक्ष भेष बहादुर थापा, सञ्चार बिभागका निर्देशक दिब्यराज पौडेलकाे सहभागिता रहेकाे थियाे ।
त्यस्तै नेपालगञ्जमा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ र नेरेसोका महामन्त्री पिताम्बर अर्यालको उपस्थितिमा भेरी अञ्चल अस्पतालमा सामग्री वितरण गरिएको छ । सुदुर पश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्ट र महामन्त्री पिताम्बर अर्यालको उपस्थितिमा आइतबार धनगढीमा सेती प्राविधिक अस्पताललाई सामग्री हस्तान्तरण गरिएको वितरण अभियानमा संलग्न नेरेसोका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।
