भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कर्णाली विवाद: छलफलमा ओली-प्रचण्ड

कर्णाली विवाद: छलफलमा ओली-प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच अहिले पनि बालुवाटारमा छलफल भइरहेको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्तव दर्ता गराएपछि नेकपामा विवादको नयाँ विजारोपण भएको छ । मंगलवार दुई अध्यक्षबीचको भेटपछि मुख्यमन्त्री शाहसहित उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रदेशसभा सदस्य यामलाल कँडेलसहितका प्रदेशका नेताहरुलाई छलफलका लागि काठमाडौं बोलाएका छन्। उनीहरुलाई विहीवार छलफलका लागि बोलाइएको छ।

सोही विवाद छलफलका लागि प्रचण्ड ९:१५ तिर बालुवाटार पुगेका थिए। कर्णाली प्रदेशमा उत्पन्न विवादले ओली-प्रचण्डबीचको नियमित छलफलको एजेण्डा ओझेलमा परेको छ।

गत भदौ २९ गते सम्पन्न नेकपा स्थायी समिति बैठकले एक महिनाभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको थियो। त्यसको दुई दिन बाँकी रहँदा समेत एकताका बाँकी काम सम्पन्न गर्न दुई अध्यक्षलाई ठोस कार्ययोजना ल्याउन सकेका छैनन्।

असोज ६ गतेको सचिवालय बैठकले दुई अध्यक्षलाई १० दिनभित्र कार्ययोजना ल्याउन निर्देशन दिएको थियो। त्यो समय गुज्रिसकेको छ। उता, मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषय पनि अनिश्चित बनेको छ।

 


Thali Mobile Pvt.Ltd.