भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कर्णालीमा काँग्रेसको नेतृत्व, महेन्द्र शाहीले दिए राजीनामा

कर्णालीमा काँग्रेसको नेतृत्व, महेन्द्र शाहीले दिए राजीनामा

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो बेलुका राजीनामा दिएपछि कर्णाली प्रदेश सरकारको नेतृत्व नेपाली काँग्रेसको हातमा जादैछ । सोमबार प्रदेश बासीलाई सम्बोधन गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रश्रस्त गर्दै शाहीले राजीनामाको घोषणा गरेका हुन ।

तीन वर्ष आठ महिनाको कार्य प्रगति सावर्जनिक गर्दै उनले राजीनामा दिएको बताए । अब सत्ता संचालनमा नेपाली काँग्रेसलाई फुल्ली सघाउने शाहीले बताए ।

२०७४ फाुगन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका महेन्द्र शाही राजीनामा दिएसंगै अब मुख्यमन्त्रीको दावी काँग्रेसले पेश गर्दै छ । काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्रीमा बन्ने पक्का भएको छ ।

एमालेको सभामुखसहित १३ जना, माओवादी केन्द्रको १२, नेपाली काँग्रेसको ६ , समाजबादी पार्टीका ३ र राप्रपाको १ जना गरी कर्णाली प्रदेशसभामा ३५ सदस्य छन् । राजनीतिक इमान्दारिता देखाएको भन्दै जीवनबहादुर शाहीले धन्यवाद दिए ।

 


Thali Mobile Pvt.Ltd.