काठमाडौं । इजरायलले २० महिनापछि प्रवेश खुल्ला गरेको छ । कोरोनाभाइरसको महामारीका कारण विदेशी पर्यटक प्रवेशमा रोक लगाएको इरजायलले करिब २० महिनापछि खोप लगाएका पर्यटकलाई प्रवेश खुला गरेको हो। सरकारले विदेशी पर्यटकहरूलाई इजरायल आउन दिने भएपछि व्यवसायीसमेत खुशी भएको जनाइएको छ।
पर्यटकहरूलाई खुला गरिएसँगै महामारीका कारण संकटमा परेको देशको अर्थतन्त्र उकास्न केही सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ।

