भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

कर्णालीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

कर्णालीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कोरोना भाइरस सङ्क्रमित एकको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–९ का ७३ वर्षीय पुरुषको आज बिहान प्रदेश अस्पताल सुर्खेतमा निधन भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । श्वासप्रश्वास प्रणालीमा समस्या देखिएपछि ती व्यक्तिलाई वैशाख ११ गते प्रदेश अस्पताल कालागाउँ भर्ना गरिएको थियो । सोही दिन पिसिआर परीक्षण हुँदा कोरोना पुष्टि भएको थियो । कोभिड आइसोलेशन वार्डमा राखी आवश्यक उपचार गरे पनि ती व्यक्तिको स्वास्थ्यमा सुधार आउन नसकेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मृतकको शव व्यवस्थापन जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले गर्ने तयारी गरेको छ । यससँगै कर्णालीमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । कोरोनाको नयाँ भेरियन्ट आएसँगै कर्णालीमा पनि सङ्क्रमण र मृत्युदर बढेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका चार जनाको मृत्यु भएको छ । हाल कर्णालीका विभिन्न आइसोलेशन वार्डमा ९८१ सङ्क्रमितको उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.