कर्णालीमा ३७ जनाको मृत्यु

कर्णालीमा ३७ जनाको मृत्यु

काठमाण्डौ । दशैँको अवधिभर कर्णाली प्रदेशमा दुर्घटनामा परी ३७ को ज्यान गएको जनाएको छ । कर्णालीमा साना ठूला गरी २१ सडक दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना यही २६ गते मुगुमा भएको जनाएको छ ।

नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको ज्यान जानुका साथै १३ जना घाइते भएको जनाएको छ । यो दुर्घटनामा ज्यान गुमाउनेमध्ये छायाँनाथ रारा नगरपालिकाका मात्रै २९ जना थिए । त्यस दुर्घटनाले नगरपालिका पूरै शोकमा डुब्यको थियो ।

मुगुमा दुई, जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा भएका एक–एक सवारी दुर्घटना भए । प्रदेशमा दशैँ अवधिभर ११ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा भएका नौ दुर्घटनामा तीन जनाको ज्यान जानुका साथै २२ घाइते, रुकुम पश्चिम र जुम्लामा दुई जनाको ज्यान गयो । यस्तै दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन्

 


Thali Mobile Pvt.Ltd.