हुम्ला । जनशक्ति अभाव भएपछि एक वर्षअघि हुम्ला जिल्ला अस्पतालमा जडान गरिएका दुईवटा भेन्टिलेटर थन्किएका छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार कर्णाली प्रदेश सरकार र नेपाल–अस्ट्रिया साझेदारी संस्थाले एक–एक थान भेन्टिलेटर उपलब्ध गराएको भएपनि सञ्चालनमा ल्याउन नसकिएको जनाइएको छ ।
भेन्टिलेटर सञ्चालनको लागि एनेस्थेसियासस्बन्धी अध्ययन गरेको जनशक्ति आवश्यक पर्छ । हुम्ला अस्पतालमा त्यस्तो जनशक्ति छैन ।
‘
