भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कहिले विकासको लयबाट टाढिन्छ कि ?

कहिले विकासको लयबाट टाढिन्छ कि ?

काठमाण्डौ । एक अध्ययनले ग्रामीण क्षेत्रका कम आय भएका परिवारका बालबालिका विकासको लयबाट टाढिने उच्च जोखिम बढेको देखाएको छ । अन्तर्राष्ट्रिय संस्था युनिसेफले गरेको एक सर्वेक्षणमा कोभिड–१९ महामारीले नेपालका बालबालिकामा परेको असरबारे गरेको अध्ययनले विकास र सिकाइमा रहेको असमानतालाई झन् जटिल बनाएको उल्लेख गरेको हो ।
सार्वजनिक अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिका, कम आय भएका परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षास्तर भएका हेरचाहकर्ताको रेखदेखमा रहेका बालबालिका तथा प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी नभएका बालबालिका विकासको लयबाट टाढिने उच्च जोखिममा छन् । भनिएको छ ।

अक्टोबर महिनामा गरिएको थप सर्वेक्षणअनुसार निषेधाज्ञाबाट सामान्य अवस्थामा फर्केसँगै आमाको सङ्लग्नतामा सुधार भएको तर सामाजिक मानक कायम राख्दै बुबाको अभिभावकत्वको सङ्लग्नता भने न्यून ६ प्रतिशत मात्र देखिएको छ । सर्वेक्षण गरिएकामध्ये आधा जति बालबालिका पूर्वप्राथमिक तहमा भर्ना भएको पाइएको छ ।

अनलाइन कक्षा, मोबाइल फोनबाट हुने शिक्षण, रेडियो, टिभी, दूर शिक्षणजस्ता सरकारको आपतकालीन कार्ययोजनाद्वारा निर्दिष्ट गरेका वैकल्पिक सिकाइ माध्यम कम प्रयोग भएका पाइएको उल्लेख छ । रेडियो, टिभी र टेलिफोनमा आधारित शिक्षण सिकाइजस्ता न्यून–प्रविधिसहितका समान पनि कम मात्रै प्रयोग भएको पाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.