भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

भक्तपुर । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । भ्रातृ संस्थाको विधानलाई अन्तिम रुप दिन आजको बैठक बस्न लागेको बताइएको हो ।

नेपाली कांग्रेसले एनपी साउदको नेतृत्व पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान प्रतिवेदन तयार पार्न समिति बनाएको थियो । सो समितिले बुझाएको विधानलाई अन्तिम रुप दिने विषयमा उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको पदाधिकारी बैठकमा छलफल हुँदै आएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गत फागुन ३ गते १० वटा भातृ संस्था भंग गर्दै नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष पार्टी सभापति देउवाले मनोनित गरेका थिए । काँग्रेसले दलित संघ भंग गरेको छैन भने अधिवेशन गर्न सकेको छैन ।

पार्टीले नेविसंघ र दलित संघको विधान टुंगो लगाइसकेको छ भने अन्य भातृसंघको विद्यान टुुङ्गो लगाउँन बाँकी छ । बैठक पार्टी उपसभापति खड्का नेतृत्वको बैठकको निरन्तरता रहेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । यो बैठकमा पार्टी सभापति शेरबहादुर देउवा सहभागी नहुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.