काठमाडौं । मंसिर २४ गते काठमाडौंको भृकुटी मण्डपमा सुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेसनको तयारीमा नेता कार्यकर्ता जुटिरहेका छन् । तर नेतृत्वमा सहमति अझै हुन नसकेको काँग्रेस नेताहरुले बताइरहेका छन् ।
२५ गते उम्मेदवारी मनोनयन दर्ता तोकिएको छ भने २६ गते नयाँ नेतृत्व चयनका लागि मतदान हुने काँग्रेसले तालिका सार्वजनिक गरेको छ । नेतृत्वका आकांक्षी अधिक हुँदा उम्मेदवारी टुंग्याउन सकस परेको कांग्रेस संस्थापन र इतर समुहले जनाएको छ ।
सभापतिको साझा उम्मेदवार टुंग्याउन सकस परेपनि वरिष्ठ नेता रमाचन्द्र पौडेल पक्षको बैठक आज दिउसो प्रकाशमान सिंहको निवास ठमेल चाक्सीबारीमा बस्दै छ ।
आफु निकट केन्द्रिय सदस्यहरुसँग छलफल गरेपछि सभापतिको उम्मेदवार चयन गर्ने तयारीमा जुटेको यो समूहमा रामचन्द्र पौडेल, शेखर कोइराला र प्रकाशमान सिंह सभापतिका मुख्य दावेदार छन् ।
साझा उम्मेदवार तय हुँदा आफु पछि हट्न सशांक कोइराला भने हुने अभिव्यक्ति दिएका छन् । तर निष्कर्षमा अझै पुग्न सकेका छैनन् । महामन्त्रीमा गगन थापाको नाम सर्वसम्मत हुने एक नेताले बताए ।
पदाधिकारीका आकांक्षीहरुको व्यवस्थापन गर्न संस्थापन समूहमा पनि चुनौती देखिएको एक नेताले बताए । पार्टी सभापति शेर बहादुर देउवा पूर्व महामन्त्री कृष्ण सिटौलालाई मनाएर गठबन्धन बनाउने प्रयासमा जुटेको ती नेताको भनाइ छ ।
बिमलेन्द्र निधीले साथ छोडेपछि आफ्नो समूहलाई लागेको घाटा सिटौला थपिंदा मेटिने देउवाले विष्लेषण गरेको स्रोतको दावी छ ।
