भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कांग्रेसमा आज छुट्टा छुट्टै बैठक, चुनावका लागि प्यानल बनाउने

कांग्रेसमा आज छुट्टा छुट्टै बैठक, चुनावका लागि प्यानल बनाउने

काठमाडौं । नेपाली कांग्रेसमा सोमबार र मंगलबार साझा उम्मेदवार छनौटका लागि छलफल भएपनि सहमति अझै जुट्न सकेको छैन । मंगलबारको बैठकमा महामन्त्री सशांक कोइरालाले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने हो भने आफु पछि हट्न तयार रहेको बताएका छन् ।

यसले पौडेललाई केही राहत मिलेको छ । यता शेखर कोइरालाले आजको बैठकमा भाग नलिने बताएका छन् ।पूर्वमहामन्त्री प्रकाशमान सिंहले छलफललाई जारी राख्दै आफ्नो चुनावी सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको आसन्न १४ औं महाधिभवेशनमा सभापतिको साझा उम्मेदवार हुने संभावना कमै देखिएको छ ।

सभापति शेरबहादुर देउवाले आज छुटै भेला बोलाएका छन् । बिहान ९ बजे देउवा निवास बुढानिलकण्ठमा हुने उक्त भेलामा देउवाले सभापतिमा पुन आफैँ दोहोरिने घोषणा गरेका छन् । उपसभापतिमा देउवा टिमबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार अघि बढेका छन् ।

महामन्त्रीमा बालकृष्ण खाँण, रमेश लेखक, एनपी साउद, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायतले दाबी गरेका छन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीको लागि दाबी पेश गरेका छन् । यसैगरी सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे, मोहनबहादुर बस्नेतलगायतले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कांग्रेसको महाधिवेशन पर्सी शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । शनिवार उम्मेदवारी मनोनयन दर्ता गरिनेछ भने आइतबार नयाँ नेतृत्वका लागि मतदान हुने नेपाली काँग्रेसले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.