भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

कांग्रेसले सबै वडामा विरोध गर्ने

कांग्रेसले सबै वडामा विरोध गर्ने

काँग्रेस । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा विविध कार्यक्रम गर्ने भएको जनाएको छ । कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको बैठकले लोकतान्त्रिक मूल्य र मान्यता प्रतिकूल हुनेगरी भएका कार्यविरुद्ध वडास्तरसम्म विरोध प्रदर्शन र सभा गर्ने निर्णय गरेको हो । बैठकले यही पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने, आगामी माघ ३ गते देशैभरका ७५३ पालिकामा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिनुभयो ।

यसैगरी बैठकले माघ ८ गते देशैभरका ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको छ । उल्लेखित कार्यक्रमबाहेक जिल्लाले स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका कार्यक्रम आयोजना गर्न सक्ने उहाँले बताउनुभयो । पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाले पार्टी केन्द्र र जिल्लासँग समन्वय गरी पार्टीले तोकेको कार्यक्रमबाहेक अन्य विरोधका कार्यक्रम गरिने पार्टी कार्यालयले जनाएको छ ।

बैठकले क्रियाशील सदस्यता विवरण बुझाउने मिति माघ मसान्तसम्म बैठकले पार्टीमा विलय भएका राजनीतिक दल र विभिन्न जिल्लामा अन्य राजनीतिक दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका अन्य दलका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यको समायोजन सम्बन्धमा प्रक्रियामा रहेका क्रियाशील सदस्यताका नामावलीलाई समायोजन समितिले अन्तिम टुङ्गो गरे बमोजिम पारित गरेको छ । यसैगरी बैठकले क्रियाशील सदस्यता विवरण तोकिए बमोजिमको सदस्यता शुल्कसहित बुझाउने अन्तिम मिति आगामी माघ मसान्त तोकेको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद सिटौला र जीवनबहादुर शाहीले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव पेश गर्नुभएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २७ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.