भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कागजको गणतन्त्रले समाधान दिदैँनः एमाले सचिव ज्ञवाली

कागजको गणतन्त्रले समाधान दिदैँनः एमाले सचिव ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले जनताले परिवर्तनको महसुस गर्न नसक्ने कागजको गणतन्त्र, लोकतन्त्र र संविधानले समाधान दिन नसक्ने बताए । आज एमाले चाँगुनारायण– ८ नम्बर वडा कमिटीले सुडालमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले वर्तमान अवस्थामा कागजले समाधान दिन नसक्ने बताए ।

उहाँले भन्नुभयो, “अघिल्लो सरकारले जनतालाई परिवर्तनको अनुभूति दिन खोजेका थिए तर काम गर्न खोजेको सरकारलाई जबरर्जस्ती रुपमा काम गर्न दिइएन, घेरान्दीमा पारियो र सरकारबाट बाहिर फालियो, जनताले यसलाई राम्रोसँग बुझेका छन् ।” तत्कालीन केपी ओली नेतृत्वको सरकारले तीन वर्षमा विकास निर्माणदेखि राष्ट्रियता जोगाउने काम गरेको उहाँको भनाइ थियो । सचिव ज्ञवालीले एमालेप्रति जनताको विश्वास सरकार बाहिर रहदा बढ्दै गएको दाबी गर्नुभयो ।

ज्ञवालीले भन्नुभयो, “यतिखेर एमाले प्रतिपक्षमा छ, गतिशिल छ भन्ने आत्माविश्वासले प्रतिपक्षमा सत्तापक्ष पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको छ, यो आम जनताको विश्वासले हो ।” कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, वाग्मती प्रदेश कमिटीका सदस्य नवराज गेलाल, वाग्मती प्रदेशसभा सदस्य सरस्वती वाटी, जिल्ला कमिटीका राजु सुवेदी, नगर कमिटीका अध्यक्ष राम तिमल्सिना, वडा कमिटीका अध्यक्ष राजेश खड्कालगायतले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने दाबी गरे ।

 


Thali Mobile Pvt.Ltd.