भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कागजमा कम्पनी खोलेर किसान ठग्दै हिड्ने ३ जना पक्राउ

कागजमा कम्पनी खोलेर किसान ठग्दै हिड्ने ३ जना पक्राउ

संखुवासभा । कागजमा कृषि कम्पनी खोलेर संखुवासभाका किसानलाई ठग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको चैनपुर नगरपालिकामा ‘पोखरी ग्रुप अफ कम्पनी प्राली’ नामको कम्पनी खोलेर ठगी गर्नेहरुलाई चैनपुर प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटा छथर घर भएका नरेन्द्र थापा उर्फ रमेश, चैनपुरका स्थानिय चन्द्र बहादुर आले र सुरेन्द्र राई उर्फ मिलन छन् । सो समूहले गाई पालन र दुध चिस्यान डेरी चलाउन साउदी अरेबियाको ‘अलदाना कम्पनी’बाट ५० प्रतिशत अनुदान आउँदैछ भनेर चैनपुरमा हल्ला फैलाए ।

कागजमा कम्पनी बनाए तर, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेनन् । कम्पनीसँग कुनै सम्झौता नगरी भारतबाट १ लाख पर्ने गाई ल्याउने लोभ देखाएर उनीहरुले किसानसँग पैसा उठाएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडाले बताए । साउदी अरेबियाबाट ५० प्रतिशत अनुदान लिएर बाँकी ५० प्रतिसत लगानीमा चिस्यान केन्द्र, डेरी र गाईपालन संचालनको नाममा उनिहरुले किसानसँग २० लाख पेश्की रकम उठाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.