भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

कागेश्वरी धामको कागको अष्टधातुको मूर्तिमा विशेष पूजा आराधना

कागेश्वरी धामको कागको अष्टधातुको मूर्तिमा विशेष पूजा आराधना

काठमाडौँ, । कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी धाममा रहेको कागको अष्टधातुको मूर्तिमा काग तिहारका अवसरमा विशेष पूजा आराधना गरिएको छ । काग तिहारका अवसरमा कागेश्वरी धामको कागको मूर्तिमा पूजा आराधना गरेमा मनोकामना पूरा हुने, यमदूतका रूपमा कागले परलोकमा पनि सहयोग गर्ने, कागस्पर्शजनित दोषबाट समेत मुक्ति पाइने धार्मिक विश्वास छ । धाममा संविधानसभा सदस्य रामेश्वर फुयाँलको नेतृत्वमा अष्टधातुको कागको मूर्ति बनाई स्थापना गरिएको छ ।

मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण सम्पन्न भएको हाल बागमती प्रदेशसभा सदस्यसमेत रहनुभएका फुयाँलले बताए । एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेको जनाइएको छ । विसं २०७२ मा तत्कालीन संविधानसभा सदस्य एवं हाल बागमती प्रदेशसभा सदस्य फुयाँलको अग्रसरतामा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते महोत्सवसमेत सुरुआत गरिएको छ ।

यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा भाद्र शुक्ल अष्टमीका दिनमा पनि मेला लाग्ने गर्छ । यसैगरी बुधबार काग तिहारका अवसरमा पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिर र हनुमानढोका दरबार क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पनि पूजा आराधना गरिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.