भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

काठमाडौँ रात्रिकालीन सार्वजनिक बस सेवा

काठमाडौँ रात्रिकालीन सार्वजनिक बस सेवा

काठमाडौँ, ३० चैत्र । काठमाडौँ महानगरपालिकाले भोलि वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ। महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा राति ८ बजेदेखि ११ बजेसम्म बस सञ्चालन गर्ने तयारी गरेको हो।

प्रारम्भिक चरणमा दुईवटा मुख्य रुटमा बस सञ्चालन हुनेछन्। पहिलो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का अस्पताल, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म पुग्नेछ।

त्यसैगरी दोस्रो रुट थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ।

दुवै रुटमा चार वटा विद्युतीय बस सञ्चालन हुनेछन्। बसहरू प्रत्येक २० मिनेटको अन्तरालमा उपलब्ध हुनेछन्। यात्रुको सुरक्षाका लागि बसमा सीसीटीभी क्यामेरा जडान गरिनेछ भने नगर प्रहरीको निगरानी पनि रहने महानगरपालिकाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.