भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाण्डौ महानगरले निजी विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने

काठमाण्डौ महानगरले निजी विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने

काठमाण्डौ । चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि काठमाण्डौ महानगरपालिकाले आफैँले विद्यार्थी छनोट गर्ने भएको छ । महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिका लागि आफैँले विद्यार्थी छनोट गर्ने मेयर बालेन्द्र शाहले बताएका हुन ।

शिक्षा ऐन २०२८ र महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७८ लाई उद्धृत गर्दै मेयर शाहले सरकारी सरह तलब नदिए उजुरी गर्न निजी विद्यालयका शिक्षकहरुलाई आग्रह पनि गर्नु भएको थियो । तर, उहाँको यो निर्देशनप्रति निजी विद्यालय सञ्चालकहरुले असन्तुष्टि जनाइरहेका छन् । उनीहरुले यो निर्देशन कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका छन् ।

परीक्षाबाट सामुदायिक विद्यालयमा अध्ययन गरेका, जेहेनदार, पिछडिएको क्षेत्र, आदिवासी जनजाति, गरिब आदि आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने विद्यार्थी छनोट गर्ने शाहले बताउनु भएको छ । उहाँका अनुसार यसरी छनोट गरेका विद्यार्थीलाई निजी विद्यालयहरुले छात्रवृत्तिमा पढाउनुपर्नेछ । यस अघि गएको बिहीवार मेयर बालेन्द्र शाहले निजी विद्यालयलाई सरकारी विद्यालयले सरह शिक्षकलाई तलब सुविधा दिन निर्देशन दिनु भएको थियो ।काठमाण्डौ महानगरले निजी विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने

 


Thali Mobile Pvt.Ltd.