भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

काठमाण्डौसहित धेरै ठाउँमा घाम लागेसंगै पानी पार्ने प्रणाली कमजोर

काठमाण्डौसहित धेरै ठाउँमा घाम लागेसंगै पानी पार्ने प्रणाली कमजोर

काठमाण्डौ । मंगलबारदेखि लगातार पानी पर्ने सम्भावना नरहेको जनाएको छ । देशका धेरै ठाउँ तीन दिनपछि घाम लागेको हो । पानी पार्ने प्रणाली कमजोर भएसंगै तत्काललाई ठूलो पानी पर्ने सम्भावना नरहेको जनाएको छ । मनसुनको समय भएकाले केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना भने रहन्छ ।

पानी पर्न कम भएसँगै नदी तथा खोलामा जलसतह घट्न थालेको छ । यसअघि शुक्रवारदेखिको वर्षाले देशभरका नदी तथा खोलामा बाढी आएको थियो भने तराईका क्षेत्रमा डुबान समेत भएको थियो । यस्तै, पहिरोका कारण विभिन्न सडकमा क्षति पुगेको थियो ।

गएको वैशाख १ गतेदेखि अहिलेसम्म बाढी पहिरो तथा हुरीबतासका कारण ५२ जनाको ज्यान गएको छ । पहिरोमा परेर ३९, बाढीमा ११ तथा हुरीबतास र भारी वर्षाका कारण एकर एक जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक हुँदा र भारतको बिहारको उत्तरपश्चिम तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको उच्च प्रभाव पर्दा गएको शुक्रवारदेखि आइतवारसम्म लगातार वर्षा भएको थियो । यो प्रणाली कमजोर बन्दा हिजो पनि मौसम बदली भए पनि धेरै ठाउँमा खासै पानी परेको थिएन ।

 

 


Thali Mobile Pvt.Ltd.