कात्तिक ७ गतेदेखि २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

कात्तिक ७ गतेदेखि २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । देशभरिका बालबालिकालाई कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन लागिएको हो ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा यो वर्ष दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन थालिएको मन्त्रालयको भनाइ छ ।

भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले बताए ।

त्यहि अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने भएको छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर भिटामिन खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.