भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन नेप्से परिसूचक १४.७० अङ्कले ओरालो लागेर दुई हजार ५५६.९५ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ अङ्कले घटेर ४८३.३९ मा ओर्लेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत खुम्चिएको छ । कूल २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब ७९ अर्ब ७८ करोड ५३ लाख ८० हजारको हाराहारीमा रहेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । अन्य २१.९१ र सामूहिक लगानी कोष ०.०६ अङ्कले बढेको छ । यस्तै, बैंकिङ ७.०५, व्यापार ६७.४१, होटल तथा पर्यटन ५८.९, विकास बैंक ९४.४४, जलविद्युत् ४६.०५, वित्त ४६.३९, निर्जीवन बीमा २३.४६, उत्पादन १०५.४२, लघुवित्त १४.८४, जीवन बीमा १०५.२५ र लगानी ०.३७ अङ्कले घटेको छ ।

कारोबारका आधारमा सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २७ करोड १२ लाख ९७ हजार ६०९ बराबरको कारोबार भयो । यस्तै माछापुच्छ्रे बैंक रु ११ करोड ५६ लाख १३ हजार ९६२, नबिल बैंक रु नौ करोड ६४ लाख १८ हजार ३७६, सिद्धार्थ बैंक रु आठ करोड एक लाख २० हजार ८५२ र युनाइटेड मोदी हाइड्रोपावर रु सात करोड ५४ लाख पाँच हजार ५९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

यस्तै नेप्सेका अनुसार मेरो माइक्रोफाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो । त्यस्तै सिटिजन म्युचुअल फण्ड ५.२६, आइसिएफसी फाइनान्स ४.२१, सनराइज ब्ल्यू चिफ फण्ड ३.८१ र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३.७० प्रतिशतले कमाए ।

यसैगरी, जोशी हाइड्रोपावर ५.८७, गुडविल फाइनान्स ५.०९, ग्रीन डेभलपमेन्ट बैंक ४.७४, रैराङ हाइड्रोपावर ४.२८ र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ४.२२ प्रतिशतले गुमाए ।

 


Thali Mobile Pvt.Ltd.