भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

कार्तिक ७ मा लक्ष्मीपूजा, ८ मा म्ह पूजा र ९ गते किजा पूजा गरि तिहार मनाउन भनपाको आग्रह

कार्तिक ७ मा लक्ष्मीपूजा, ८ मा म्ह पूजा र ९ गते किजा पूजा गरि तिहार मनाउन भनपाको आग्रह

भक्तपुर । भक्तपुर नगरपालिकाले यस वर्षको तिहार कार्तिक ७ मा लक्ष्मीपूजा, ८ मा म्ह पूजा र ९ गते किजा पूजा गरी मनाउन आग्रह गरेको छ । नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार तलेजुका पुजारी नाइकेहरूसहितको बैठकले यस वर्षको तिहार कार्तिक ७ मा लक्ष्मीपूजा, ८ मा म्ह पूजा र ९ गते किजा पूजा गरी मनाउन आग्रह गरेको हो ।

उक्त बैठकले तलेजुका पुजारी नाइकेहरूको सुझावअनुसार २०७९ कार्तिक ७ गते साँझदेखि औंसी तिथी सुरु हुने भएकोले उक्त दिन लक्ष्मीपूजा, २०७९ कार्तिक ८ गते साँझदेखि प्रतिपदा तिथि सुरु हुने र उक्त दिन साँझ ४ः५२ देखि साँझ ५ः२४ सम्म सूर्यग्रहण लाग्ने भएकोले सूर्यग्रहणपश्चात उक्त दिन प्रतिपदा तिथिमा म्हा पूजा गर्ने र कार्तिक ९ गते किजापूजा गर्ने निर्णय गरेको भनपाले जनाएको छ ।

बैठकमा भक्तपुर नपाका उपप्रमुख तथा शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्य रजनी जोशी, सदस्यहरू रबिन्द्र ज्याख्व, योगेन्द्रमान बिजुक्छेँ, कृष्णप्यारी भुजु, प्रप्रअ कृष्ण गिरी, तलेजुका पुजारीहरू प्रजेश राज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेश कर्माचार्य, पद्मलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य र ज्ञानेन्द्रकृष्ण जोशीको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.