भर्खरै : Sorry, your browser does not support inline SVG.

कालापानी, लिपुलेक र लिम्पिया धुरामा जनगणना हुने

कालापानी, लिपुलेक र लिम्पिया धुरामा जनगणना हुने

काठमाडौं । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पिया धुरामा जनगणना हुने भएको छ । दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा जनगणना हुने तथ्याङ्क विभागले जनाएको हो । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बढेको केन्द्रिय तथ्याङ्क विभागले जनाएको छ ।

फिल्डमै पुगेर जनगणना गर्ने तयारी गरेको विभागले व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न घरदैलोमै पुग्ने जनाएको छ । विभागले तालिम दिएर आठ हजार सुपरभाइजरलाई गत भदौ ३० गतेबाट फिल्डमा पठाइसकेको भने असोज १८ गते भित्र सम्पन्न गर्ने पहिलो चरणको घर सूचिकरणका काम सम्पन्न गर्ने कार्यतालिका समेत रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.