भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

कालीकोटमा कोभिड–१९ को सङ्क्रमण बढ्दो

कालीकोटमा कोभिड–१९ को सङ्क्रमण बढ्दो

मान्म । कालीकोटमा पछिल्लो चरणमा कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै यहाँ कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको हो । निषेधाज्ञा खुकुलो बनाएका कारणले नागरिक तथा सरोकारवाला निकायले कोभिड–१९ को मापदण्ड पालना नगर्दा कोभिडको सङ्क्रमण दर बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

शनिबार २३ व्यक्तिको परीक्षण गर्दा १३ मा कोरोना सङ्क्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमिक्त व्यवस्थापक कटकबहादुर महतले बताए । उहाँले भन्नुभयो, “केही समयअघि शून्यमा झरेको कोभिड–१९ को सङ्क्रमण दर पछिल्ला दिनमा बढ्दै गएको छ ।” सङ्क्रमण दर बढ्दै गएकाले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आजदेखि यही साउन २१ गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

“शैक्षिक संस्था, सबै प्रकारका सभा, जुलुश, याली, गोष्ठी, तालीम, सेमिनार, प्रदर्शन, भेला, सम्मेलन र सबै प्रकारका खेल प्रस्तुतिमा रोक लगाइएको छ”, उहाँले भन्नुभयो, “जिल्लामा कोभिड–१९ को महामारीको सङ्क्रमण दर बढ्दै गएका कारणले जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएको हो ।”

हाल जिल्लामा सक्रिय सङ्क्रमित ७८ जना रहेका र त्यसमध्ये ३७ महिला र ४१ पुरुष रहेका छन् । तीमध्ये कोभिड–१९ विशेष अस्पतालमा २० को उपचार भइरहेको, आइसोलेशन सेन्टरमा २५ को उपचार भइरहेको र होम आइसोलेशनमा ३३ जना रहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.