भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

काेराेना संक्रमित ४३ जनाकाे अवस्था सामान्य (भिडियाे)

काेराेना संक्रमित ४३ जनाकाे अवस्था सामान्य (भिडियाे)

२० बैशाख २०७७ काठमाडौं । नेपालका विभिन्न अस्पतालमा उपचार गराइरहेका ४३ जना कोरोना संक्रमित विरामीको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म नेपालमा ५९ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको छ । उपचार पछि १६ जना निको भएर घर फर्किएका छन् भने ४३ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

विराटनगरस्थित कोसी अस्पतालमा ३१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । वीरगञ्जमा ८ जना, रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १–१ जना उपचार गराईरहेको देवकोटाले बताए । हालसम्म नेपालमा ४९ पुरुष र १० जना महिला संक्रमित छन् ।

भिडियाे हेर्न तल क्लिक गर्नुहाेस…

https://www.facebook.com/Kailashkhabarnews/videos/647364802484571/

अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन् । देशभर २२ हजार ९ सय ७८ जना क्वारेन्टाइन मध्य प्रदेश नम्बर १ मा २ हजार ८ सय ६५, प्रदेश नम्बर २ मा १ हजार ३ सय ९१ र बागमती प्रदेशमा ५ सय ११ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश नम्बर ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा ३ हजार २ सय ७५ र सुदूरपश्चि प्रदेशमा ३ हजार जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।काठमाडौं उपत्यकामा ४ र बाहिर ८५ गरी ८९ जना अहिले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.