भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह | बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति, ८ सयभन्दा बढी सम्पर्कविहीन | हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव |

कित्ताकाट खुकुलो बनाउँन नेपाल घर जग्गा तथा आवास विकास महासंघको माग

कित्ताकाट खुकुलो बनाउँन नेपाल घर जग्गा तथा आवास विकास महासंघको माग

काठमाडौं । आर्थिक तरलताले अभाव खड्कीएका बेला सरकारले तयारीविना हतार कार्यान्वयनमा ल्याइएको जग्गा वर्गीकरण नीतिले देशमा थप मन्दी तर्फ धकेलेको नेपाल घर जग्गा तथा आवास विकास महासंघले ठहर गरेको छ ।

केही पालिकाहरुले जग्गा वर्गीकरण गर्न नसक्दा लामो समयदेखि घरजग्गा बजार शिथिल बनेको भन्दै महासंघले जग्गा वर्गीकरणको विषय स्थानीय तहहरुले हल गर्न नसक्दा कित्ताकाट नै होल्ड भएको जिकिर गरेको छ । जसको प्रत्यक्ष असर घरजग्गा बजारमा देखिएको उनीहरुको भनाइ छ ।

घरजग्गा व्यवसायीहरुको छाता संस्था (एनएलएचडीएफ)ले भू–उपयोग कानूनको प्रभावकारी कार्यान्वयन गर्दै कित्ताकाट सहजीकरण गर्न सरकारसँग जोड्दार माग गरेको छ। शुक्रवार नेपाल घर जग्गा तथा आवास विकास महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेका हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

पत्रकार सम्मेलनलाई संवोधन गर्दै महासंघका अध्यक्ष भेषराज लोहनीले विदेशीले नेपालमा अपार्टमेण्ट खरिद गर्न पाउने व्यवस्था गर्न सरकासँग आग्रह गरे । भू–उपयोग कानूनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाट गर्न पाउने व्यवस्था गर्न, व्यवस्थित बसोवास तथा शहरीकरण सम्बन्धित आयोजना सञ्चालनका लागि हदबन्दी छुट दिनुपर्ने उनको तर्क छ ।

ल्याण्ड पुलिङ तथा हाउस पुलिङ आयोजनाका साथै शहरी विकास आयोजनामा निजी क्षेत्रलाई सहभागी गराउन आग्रह गरे । घर जग्गा कारोबारमा लगानी गर्दा अर्थतन्त्रमा समस्या आयो भन्नेहरुले अब घर जग्गा कारोबारलाई व्यवस्थित गर्नुपर्ने उनको धारणा छ ।

 


Thali Mobile Pvt.Ltd.