भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

किसानलाई बाख्रा र धानको बीउ

किसानलाई बाख्रा र धानको बीउ

चितवन । भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताइन् । यो कार्यक्रममार्फत बाख्रा, बङ्गुर कुखुरा र हाँस वितरण गरिनेछ । “राम्रो प्रतिफल दिने किसानलाई पुरस्कृत गरिनेछ, १७ समूहलाई रु दुई लाखका दरले वितरण गरिनेछ”, उनले भनिन् । भरतपुर महानगरपालिकाका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याइएको बताए । निर्वाहमुखी कृषक कार्यक्रममार्फत ९० जनाले दुई वटाका दरले बाख्रा पाउने जानकारी दिए । उनले महानगरपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिने बताए ।

धानको बीउ वितरण
भरतपुर महानगरपालिकाको अनुदानमा ९० क्विन्टल धानको बीउ वितरण गरिएको छ । भरतपुर–२१ को समाज उत्थान कृषि सहकारीमा अयोजित कार्यक्रममा कृषकलाई धानको बीउ वितरण गरिएको हो । महानगरपालिकाले प्रतिकिलो रु ३० का दरले अनुदान दिएको हो ।

भरतपुरमा रहेका ७२ कृषि सहकारीमार्फत दुई सय ३३ मेट्रिक टन बीउ नौ हजार बढी कृषकलाई वितरण गरिने भरतपुरका कृषि महाशाखा प्रमुख पौडेलले जानकारी दिए । उन्नत बीउले २० प्रतिशत उत्पादन वृद्धि गर्ने अनुसन्धानले देखाएको छ ।

 


Thali Mobile Pvt.Ltd.