भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

कुटपिट गरी लुटपाट, कर्णालीबाट कुकुर ल्याएर अुनसन्धान

कुटपिट गरी लुटपाट, कर्णालीबाट कुकुर ल्याएर अुनसन्धान

दाङ । घरेलु हितयार प्रहार गर्दा एक जना वृद्ध महिला गम्भीर घाइते भएकी छन् । अज्ञात व्यक्तिले घोराही उपमहानगरपालिका–१३ सेवार बासबोटस्थित ६२ वर्षिया राखीमाया रोकामाथि बुधवार घरेलु हतियार प्रहार गरी लुटपाट गरेका छन् ।

घाइते रोकाको भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए । अन्धाजी ३० वर्षको व्यक्तिले घरभित्र आएर रोकामाथि कुटो तथा चुलेसीले टाउँको तथा ‍शरीरका विभिन्न भागमा प्रहार गरेको बताइएको छ ।

रोकाको ढाई तोलाको सुनको सिक्री र मोबाइल फोन लुटपाट गरी फरार भएका व्यक्तिको खोजी कार्य तीब्र पारिएको एसपी वलीले बताए । माइली छोरीसँग घरमा बस्दै आएकी मगर घरमा एक्लै भएको मौका छोपेर उक्त घटना घटाएको देखिएको छ ।

कर्णाली प्रदेशबाट प्रहरीले कुकुर ल्याएर घटनाको अुनसन्धान गरिएको छ । प्रहरीले रातिदेखि नै घटना स्थलमा खटेर अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.