भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कुटपिट गरी लुटपाट, कर्णालीबाट कुकुर ल्याएर अुनसन्धान

कुटपिट गरी लुटपाट, कर्णालीबाट कुकुर ल्याएर अुनसन्धान

दाङ । घरेलु हितयार प्रहार गर्दा एक जना वृद्ध महिला गम्भीर घाइते भएकी छन् । अज्ञात व्यक्तिले घोराही उपमहानगरपालिका–१३ सेवार बासबोटस्थित ६२ वर्षिया राखीमाया रोकामाथि बुधवार घरेलु हतियार प्रहार गरी लुटपाट गरेका छन् ।

घाइते रोकाको भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए । अन्धाजी ३० वर्षको व्यक्तिले घरभित्र आएर रोकामाथि कुटो तथा चुलेसीले टाउँको तथा ‍शरीरका विभिन्न भागमा प्रहार गरेको बताइएको छ ।

रोकाको ढाई तोलाको सुनको सिक्री र मोबाइल फोन लुटपाट गरी फरार भएका व्यक्तिको खोजी कार्य तीब्र पारिएको एसपी वलीले बताए । माइली छोरीसँग घरमा बस्दै आएकी मगर घरमा एक्लै भएको मौका छोपेर उक्त घटना घटाएको देखिएको छ ।

कर्णाली प्रदेशबाट प्रहरीले कुकुर ल्याएर घटनाको अुनसन्धान गरिएको छ । प्रहरीले रातिदेखि नै घटना स्थलमा खटेर अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.