भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

कुवेतका राष्ट्रप्रमुख शेख सबा अल अहमदको ९१ वर्षको उमेरमा निधन

कुवेतका राष्ट्रप्रमुख शेख सबा अल अहमदको ९१ वर्षको उमेरमा निधन

काठमाण्डौ – कुवेतका राष्ट्रप्रमुख ईमिर शेख सबा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको छ । सबा अल अहमदको अमेरिकामा निधन भएको हो । उहाँ जुलाई १८ मा अस्पताल भर्ना हुनुभएको थियो । उहाँको शल्यक्रिया सफल भएको थियो । पछि फेरि थप उपचारको लागि उहाँ जुलाई २३ मा अमेरिका जानुभएको हो । गल्फ न्युजका अनुसार अमेरिकामा उहाँको के उपचार भयो भन्ने कुरा ईमिरका अधिकारीले खुलाएका छैनन् ।

सन् २००६ देखि कुवेतको ईमिर बन्नुभएका सबा अल अहमद ५० वर्षदेखि विदेशी नीति सम्हाल्दै आउनुभएको थियो । सबा अल अहमदको निधनको शोकमा कुवेतमा ४० दिनसम्म शोक अवधि घोषणा गरिएको छ भने तीन दिनको लागि कार्यालयहरु बन्द गरिएका छन् ।  सभा अलको निधनपछि उहाँका भाइ शेख नवाफ अल अहमद अल सबाह कुवेतका नयाँ ईमिर बन्नुभएको छ । ८३ वर्षीय शेख नवाफले जुलाई १८ मा, शेख सभा अल अस्पताल भर्ना भएको बेला पनि इमिरको जिम्मेवारी वहन गरिसक्नुभएको थियो । यस्तै उहाँले रक्षा मन्त्री र गृहमन्त्रीको पद सम्हालीसक्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.