भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

कुवेतमा नेपाली महिलाकाे शव बाथरूममा भेटियो

कुवेतमा नेपाली महिलाकाे शव बाथरूममा भेटियो

दोहा । कुवेतमा कार्यरत एक नेपाली महिला मृत फेला परेकी छन् ।

फरवानियास्थित एक घरको बाथरुममा उनी मृत फेला पारेको कुवेत प्रहरीले जनाएको छ । ३२ वर्षीया नेपाली महिला बाथरुममा ताला लगाएको अवस्थामा मृत भेटिएकी प्रहरीले बताएको छ । ती महिलाको मृत्युको विषयमा फरवानिया प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

शवलाई फरेन्सिक ल्यापमा पठाइएको र महिलाको सम्भावित हत्याको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको परिचय भने अहिले सम्म खुलाइएको छैन ।

 


Thali Mobile Pvt.Ltd.