भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

केन्टकी बाढीः पच्चीस जनाको मृत्यु

केन्टकी बाढीः पच्चीस जनाको मृत्यु

पूर्वी केन्टकीमा आएको बाढीमा परेर एकै परिवारका चार बालबालिकासहि २५ जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी हराइरहेका छन् । केही क्षेत्रहरूमा सहायताकर्मी पुग्नसक्ने अवस्था नरहेको बताउँदै केन्टकीका गभर्नर एण्डी बेसेयरले मृतकको सङ्ख्या बढ्नसक्ने जनाएका छन् । बाढीका कारण विद्युत् आपूर्तिमा अवरोध हुँदा शनिबार बिहानसम्म राज्यभरका १६ हजार ग्राहक बिजुलीविहीन रहेका छन् ।

बेशियरले राज्यभर आपत्काल घोषणा गरिएको र उद्धा तथा सहयोगका लागि राष्ट्रिय उद्धार सुरक्षादस्तालाई बोलाइएको बताएका छन् । बाढीले वेस्ट भर्जिनिया र भर्जिनियाका केही भागमा पनि असर गरेको छ । वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले छवटा काउन्टीमा आपत्काल घोषणा गरेका छन् । पूर्वी केन्टकीका केही क्षेत्रमा आज पनि बाढीको चेतावनी दिइएको छ । मौसम पूर्वानुमान सेवाले उक्त क्षेत्रका नदीनालामा जलसतह बढ्ने भविष्यवाणी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.