भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डौ । शनिबार देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आइबार। देखि एक–दुई दिन पानी पर्ने मौसम पूर्वानुमान विभागले जनाएको छ । केही दिनदेखि देशका धेरै ठाउँको मौसम सफा रहे पनि अब पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले आजदेखि नै नेपालमा आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । आज प्रदेश १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

सोमबार भने प्रदेश १, २, वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने र कर्णाली प्रदेशका केही ठाउँमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.