भर्खरै : Sorry, your browser does not support inline SVG.
तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना | नेतान्याहूलाई चुनौती दिने पूर्वसैनिक प्रमुख गादी आइजेनकोट को हुन् ? | जुम्लामा कोदो खेती घट्दो, किलोको २०० रुपैयाँमा बिक्री हुँदै पिठो |

कोरोना उपचारमा चीनसँग अत्यावश्यक सामग्री माग्दै सरकार

कोरोना उपचारमा चीनसँग अत्यावश्यक सामग्री माग्दै सरकार

काठमाडौं । कोभिड–१९को पहिचान, परीक्षण, उपचार र रोकथामका लागि सरकारले चीनसंग अत्यावश्यक सामग्रीहरु माग गरेको छ । नेपाललाई आवश्यक सामग्री सहयोग गर्न तयार रहेको चीनले बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सेवा विभागअन्तगर्त अत्यावश्यक उपकरण र सामाग्रीको सूची बनाएर परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाएको छ ।

खरिद गर्दा तत्काल अत्यावश्यक उपकरण नआउने देखिएपछि मन्त्रालयले चीनसँग २० हजार थान एन ९५ मास्क, १०० थान पोर्टेबल भेन्टिलेटर, २ हजार थान मोनिटर, २० थान एबिजी मेसिन, २० थान भाइरल डिटेक्टिङ पिसिआर मेसिन, ५ थान अक्सिजन प्लान्ट मगाएकाे छ ।

त्यस्तै १० हजार थान रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन, २ हजार थान इन्ट्युवेटिङ सेट, ७ थान इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स, २० थान सिआरआरटी मेसिन, २ हजार थान पिसिआर किट्स, १ हजार थान थर्मल थर्मोमिटर, १० थान थर्मो स्क्यानर, ५ थान मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्सलगायतका सामाग्री सरकारले माग गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.