भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

कोरोना थप फैलिएपछि पेरुमा सङ्कटकालको म्याद थप

कोरोना थप फैलिएपछि पेरुमा सङ्कटकालको म्याद थप

लिमा, । कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि पेरुमा सङ्कटकाल लम्ब्याइएको छ । पेरुमा कोरोना भाइरसको सङ्क्रमणको चौथो चरण सुरु भएको घोषणा गरिएको छ । सङ्कटकाल आगामी अगस्ट १ देखि २८ दिनसम्म लागू हुने उल्लेख गरिएको छ । “देशमा कोरोना भाइरसको महामारी बढ्दै गइरहेको छ, यसले मानव स्वास्थ्यलाई ठूलो चुनौती दिएको छ, त्यसैले सरकारले लागू गरेको सङ्कटकाल फेरि लम्ब्याउने निर्णय भएको छ,” सरकारी एक अधिकारीले भने ।

अघिल्लो हप्ता औसतमा ११ हजार मानिस दैनिक नयाँ सङ्क्रमित भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पेरुमा पछिल्लो एक दिनमा १४ हजार १८६ जना सङ्क्रमित भएका छन् भने ४१ जनाको मृत्यु भएको छ । पेरुमा कोरोना भाइरसका कारण अहिलेसम्म ३८ लाख ७३ हजार ७०२ जना सङ्क्रमित र दुइ लाख १४ हजार १२० जनाको मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.