भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

कोरोना महामारीले योगको महत्व झन् बढ्योः प्रदेश प्रमुख कलौनी

कोरोना महामारीले योगको महत्व झन् बढ्योः प्रदेश प्रमुख कलौनी

कर्णाली । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोरोना भाइरसको महामारीको वर्तमान अवस्थामा योगको महत्व झन् बढेको बताउनुभएको छ । सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले योगाभ्यासलाई दैनिकीका रूपमा अघि बढाउन सके स्वस्थ जीवनयापनमा सहयोगी हुने बताउनुभएको हो ।

“योगको नियमित अभ्यासबाट सुस्वास्थ्य, कार्य क्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा वृद्धि, सकारात्मक सोचको विकासलगायत सकारात्मक गुणको विकास हुने कुरा हाम्रा पूर्वजहरूका खोज अनुसन्धान र व्यवहारबाट प्रमाणित भइसकेको छ”, प्रदेश प्रमुखद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “योगलाई आधुनिक चिकित्सा पद्धतिले पनि स्वीकार गरिसकेको छ, यस प्रकारका अन्तर्राष्ट्रिय र राष्ट्रिय योग दिवसहरुले हरेक नागरिकमा योगाभ्यास गर्ने बानीको विकास भएमा मात्र हामीले दिवस मनाएको सार्थकता हुन्छ ।”

साथै उहाँले नेपाल योग र ध्यानका लागि एक पवित्र तपोभूमि भएको र यही भूमिमा ऋषिमुनि तथा वैद्यहरूले जप, तप र ध्यानको माध्यमबाट नयाँ ज्ञान प्राप्त गरेको ऐतिहासिक प्रसङ्गसमेत शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएको छ । नेपालमा प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस पनि मनाउने गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.