काठमाडौं । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।
संक्रमित मध्ये ३०० जनाको मृत्यु भएको छ । ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा १७३६ जना डिस्चार्ज भएका छन् ।
