भर्खरै : Sorry, your browser does not support inline SVG.
तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै | मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? |

कोरोनासँगै भाइरल ज्वरो

कोरोनासँगै भाइरल ज्वरो

डोटी । कोरोना सङ्क्रमणका कारण जिल्लावासी आक्रान्त भइरहेका बेला यहाँका स्थानीय तहमा फाइरल ज्वरोको जोखिम बढेको छ । दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल, पुर्वीचौँकी र बोगटान फुड्सिल गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढेको छ । गाउँमा भाइरल ज्वरोले नागरिक थला पर्न थालेपछि खेती किसानीको काम प्रभावित भएको छ । यहाँका गाउँका स्वास्थ्य संस्थामा सामान्य तय ज्वरोको औषधिसमेत नभएका कारण झनै समस्या भएको पीडितको गुनासो छ ।

यहाँका गाउँघरमा पछिल्लो समयभाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको शिखर नगरपालिका–१ समुहगाढका खडकबहादुर बोगटीले बताए । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणसँगै यहाँका गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका छन्, यहाँका प्रत्यक गाउँगाउँमा भाइरल ज्वरोका बिरामी नपरेका घर पाउन मुश्किल छ ।” टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणसहितका बिरामी प्रायःदैनिक अस्पतालमा उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिए ।

गाउँमा दिनहुँ भाइरल ज्वरोका बिरामी थला पर्न थालेपछि समस्या उत्पन्न भएको दिपायल सिलगढी नगरपालिका–२ की पार्वती कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “भाइरल ज्वरोले दिनहुँ मानिस बिरामी पर्दैछन्, हामीलाई कोरोनाभन्दा पनि भाइरल ज्वरोले सताएको छ ।” उहाँका अनुसार भाइरल ज्वरो तथा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचार गर्ने ठाउँ नभएका कारण पनि समस्या हुँदै आएको छ । जोरायल गाउँपालिकाका स्वास्थ स्वास्थ्य संयोजक गोविन्द विष्टका अनुसार भाइरल ज्वरोका दैनिक बिरामी स्वास्थ्य संस्था आउन थालेका छन्, सामान्य ज्वरोको औषधि दिएर र जाँच गर्दा निको भएको छैन ।

 


Thali Mobile Pvt.Ltd.