भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

क्यानडाद्वारा नयाँ ट्राभल एड्भाइजरी,एक भारतीय कूटनीतिज्ञ निष्कासन

क्यानडाद्वारा नयाँ ट्राभल एड्भाइजरी,एक भारतीय कूटनीतिज्ञ निष्कासन

एजेन्सी । नयाँ ट्राभल एड्भाइजरी भारतका लागि क्यानडाले जारी गरेको छ । आफ्ना नागरिकलाई ‘अत्यन्त सतर्क’ रहन क्यानडाले निर्देशन दिएको छ । मङ्गलवार जारी गरिएको यो एड्भाइजरीमा भनिएको छ, ‘ जम्मू कश्मीरमा आतङ्कवाद, अतिवाद, अशान्ति र अपहरणको खतरा छ । यसमा लद्दाखको यात्रा समावेश छैन ।’

यसका साथै भारतको उत्तर–पूर्वी क्षेत्रका केही क्षेत्रमा नजान पनि नागरिकलाई आग्रह गरिएको छ । पाकिस्तानसँग सीमा जोडिएको गुजरात, पन्जाब र राजस्थानका क्षेत्रमा नजान पनि आग्रह गरिएको छ ।
क्यानेडेली सरकारले आफ्ना नागरिकलाई ‘अभूतपूर्व सुरक्षा अवस्थाका कारण’ केन्द्र शासित प्रदेश जम्मू–कश्मीरको यात्रा नगर्न आग्रह गरेको हो।

सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आशङ्का व्यक्त गरे । यसका साथै, क्यानडा सरकारले एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको थियो । क्यानडाको यो नयाँ ट्राभल एड्भाइजरी दुई देशबीच तनाव बढिरहेको बेला जारी गरिएको हो ।

 

 


Thali Mobile Pvt.Ltd.