भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुुरु, सम्मेलनमा योगगुरु रामदेव र बालकृष्ण सहभागी

खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुुरु, सम्मेलनमा योगगुरु रामदेव र बालकृष्ण सहभागी

सुदूरपश्चिम । भूस्वर्गको रुपमा रहेको सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडमा आज अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुुरु भएको छ । समुद्री सतहबाट झन्डै तीन हजार दुई सय मिटरको उचाइमा रहेको खप्तड क्षेत्र प्रकृति, पर्या पर्यटन, आध्यात्मिक लगायतका दृष्टिले महत्त्वपूर्ण रहेको छ। तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दैछन् ।

सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव, पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण खप्तड पुगिससकेका छन् । सम्मेलनको तयारीका लागि प्रदेशका मुख्यमन्त्री एवं मूल आयोजक समितिका संयोजक कमलबहादुर शाहसहितको मन्त्रीको टोली खप्तड क्षेत्रमा पुगिसकेको छ ।

शाहको संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति र अन्तर्गत विभिन्न १२ उपसमिति गठन गरिएको छ । सम्मलेनको तयारी पुरा भएको र अहिले केहिबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने आयोजक समितिका सहसंयोजक एवं प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले बताए ।

प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा पहिलो पटक यहाँ सम्मेलन हुन लागेको हो । सुदूरपश्चिमका डोटी, बझाङ, बाजुरा र अछामको सङ्गम क्षेत्रका रूपमा रहेको यो क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गरेको बताइएको छ ।

खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना तयार छन् । बहुमूल्य जडीबुटीका साथै खप्तड राष्ट्रिय निकुञ्ज रहेको यो क्षेत्र झन्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ । आध्यात्मिक पर्यटनको प्रवर्द्धन गर्दै प्रदेशको समग्र विकासमा टेवा पुर्‍याउने उद्देश्यले यहाँ सम्मेलन हुन लागेको हो ।

सुदूरपश्चिम देवभूमि र तपोभूमिका रूपमा सदियौँदेखि परिचित भएकाले संसारभर नयाँ सन्देश दिन यो सम्मेलन आयोजना गरिएको मन्त्री धामीले बताए । खप्तडमा आहिलेसम्म सडक पुग्न सकेको छैन । डोटी जिल्लाको झिङ्गराना हुँदै खप्तड पैदल पुगिन्छ ।

झिङरानासम्म यातायातमार्फत पुगिने भए पनि त्यसपछि झन्डै एक दिनको पैदल यात्रापछि मात्र खप्तड पुगिन्छ । बाजुरा, बझाङ र अछामको बाटो हुँदै सहज रुपमा पनि खप्तड पुग्न सकिन्छ ।

 


Thali Mobile Pvt.Ltd.