भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

खेलकुद विकासमा भक्तपुर नमुना जिल्ला : अध्यक्ष काशीछवा

खेलकुद विकासमा भक्तपुर नमुना जिल्ला : अध्यक्ष काशीछवा

भक्तपुर । आफ्नो कार्यकारमा जिल्लाको खेलकुद विकासमा भक्तपुरलाई नमुना जिल्ला बनाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त काशीछवाले बताएका छन् । खेलकुद विकास समिति भक्तपुरको भवन व्यवस्थापन गर्नेक्रममा उनले यस्तो बताएका हुन ।

चाँगुनारायण नगरपालिका र मध्यपुरठिमी नगरपालिकाका सबै वडामा ओपन जिम राख्ने भन्दै सामान ल्याउन पहल भैरहेको बताए । आफ्नो कार्यकाल भित्रै खेलकुदका सबै क्रियाकलापमा भक्तपुरलाई नेपालको पहिलो बनाउने उनको जिकिर छ ।

बाग्मती प्रदेश खेलकुद बिकास परिषद्ले जिल्ला खेलकुद बिकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवालाई नियुक्त गरेलगतै उनले भक्तपुरको खेलकुद प्रति चाँसो दिएका छन् । शैक्षिक, सास्कृतिक तथा खेलकुदकाे हब बनाउने भक्तपुरकाे सपना पुरा गर्न खेलकुदका क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्ने उनकाे भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.