भर्खरै : Sorry, your browser does not support inline SVG.

चट्याङसहितको वर्षा हुने

चट्याङसहितको वर्षा हुने

काठमाडौं । पश्चिमी वायु प्रभावका कारण देशका केही स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी तथा मध्य भागको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले मौसम बदलीसँगै वर्षा भइरहेको मौसमविद् समीर श्रेष्ठले बताएका छन् । भोलिबाट विस्तारै कम हुँदै जाने भन्दै उनले उपत्यकामा आज दिउँसो मौसम खुले पनि साँझपख वर्षा हुने बताए ।

हाल देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिदै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

पछिल्लो विवरणअनुसार आज उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव सात र अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।