भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

चट्याङसहितको वर्षा हुने

चट्याङसहितको वर्षा हुने

काठमाडौं । पश्चिमी वायु प्रभावका कारण देशका केही स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी तथा मध्य भागको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले मौसम बदलीसँगै वर्षा भइरहेको मौसमविद् समीर श्रेष्ठले बताएका छन् । भोलिबाट विस्तारै कम हुँदै जाने भन्दै उनले उपत्यकामा आज दिउँसो मौसम खुले पनि साँझपख वर्षा हुने बताए ।

हाल देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिदै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

पछिल्लो विवरणअनुसार आज उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव सात र अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.