भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खेलकूद क्षेत्रको विकासमा सरकारले सहयोग गर्छः प्रधानमन्त्री देउवा

खेलकूद क्षेत्रको विकासमा सरकारले सहयोग गर्छः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकूद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभयाे ।  माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली  राष्ट्रिय फुटबल टोलीलाई आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा सम्मान गर्दै उहाँले खेलाडीको हौसला प्रदान गर्नको लागि आगामी दिनमा पनि पदक विजेता खेलाडीलाई सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोलीका सदस्यलाई नगदसहित सम्मान गर्नुभयो । गत असोज १५ देखि ३० गतेसम्म भएको खेलमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो । सरकारले खेलाडीलाई जनही रु पाँच लाख, तीन जना प्रशिक्षकलाई जनही रु. तीन लाख र अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो ।

सम्मानित हुने खेलाडीमा किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ठकुरी, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी र कमल थापा हुनुहुन्छ । त्यसैगरी प्रशिक्षकमा अब्दुल्लाह अलमुताईरी, किरण श्रेष्ठ र विकाश मल्ल हुनुहुन्छ ।

फिजियोमा आविष्कार पुडासैनी तथा टिम व्यवस्थापकमा मधुसुदन उपाध्याय हुनुहुन्छ । सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख पुरस्कार प्रदान गर्ने यसअघि नै घोषणा गरेको थियो । पूर्व घोषणाअनुरुप सरकारले आज सम्मान गरेको हो । युवा तथा खेलकूद मन्त्रालयले आयोजना गरेको उक्त सम्मान कार्यक्रममा विभागीयमन्त्री महेश्वरजङग गहतराजले फुटबल खेलले उत्कृष्टता प्राप्त गर्नसक्ने हुँदा यस खेलको विकास र विस्तारमा सरकारले ध्यान दिनुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.