भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

खोटाङको रावाबेँसीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

खोटाङको रावाबेँसीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाको केन्द्र हरमटारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ । हालसम्म दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट बैंकिङ कारोबार गर्दै आएको गाउँपालिकाले आफ्नै प्रशासनिक भवनमा उक्त कार्यालय सञ्चालनमा ल्याएको हो ।

हरमटारस्थित गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनमा स्थापना गरिएको वाणिज्य बैंकको शाखा कार्यालय लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले मङ्गलबार संयुक्तरूपमा उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष रेग्मीले जनमैत्री सेवा प्रवाह गर्न राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक तथा कर्मचारीलाई आग्रह गर्नुभयो ।

हरमटारमै बैंकको शाखा कार्यालय स्थापना भएपछि सेवाग्राहीलाई सहज भएको छ । यसअघि ६ घण्टा पैदलयात्रा गरी सेवा उपभोग गर्न दिक्तेल बजार धाउनुपर्ने बाध्यता थियो । दश स्थानीय तह रहेको जिल्लामा योसहित हाल पाँच शाखा सञ्चालनमा छन् । योसँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको सङ्ख्या २५७ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.