भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘खोरका सबै बङ्गुर मरे, पुनः विदेशिनुपर्ने भो’

‘खोरका सबै बङ्गुर मरे, पुनः विदेशिनुपर्ने भो’

तनहुँ, । भीमाद नगरपालिका–६ का सुरवीर थापाले १७ वर्ष वैदेशिक रोजगारीमा बिताउनुभयो । ‘सधैँ विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौँ र परिवारको साथमा बसौँ’ भन्ने भावना उहाँ बोकेर चार वर्षअघि घर फर्किनुभयो । घर फर्किएपछि थापाका दम्पतीले बङ्गुर व्यवसाय थाल्नुभयो । फार्ममा रहेका आठ बङ्गुर अप्रिकन स्वाइन फिभरका कारण एकाएक मरेपछि उहाँका सपना सबै चकनाचुर बन्न पुगेको छ । करिब २० धार्नी बढी किलोग्रामका बङ्गुर मरेर खोर नै रित्तिएपछि पुनः विदेशिनुपर्ने अवस्था आएको कृषक थापाले बताउनुभयो ।

जिल्लामा पहिलोपटक भीमाद नगरपालिकामा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण देखापरेसँगै बङ्गुर मरेपछि बङ्गुरपालन कृषक चिन्तित भएको भेटेरेनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त रोगविरुद्व अहिलेसम्म भ्याक्सिन बनेको छैन । उहाँले भन्नुभयो, “नेपालमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका कृषकलाई बङ्गुर घटाउन भने पनि नमान्दो धेरै क्षति व्योहर्नुपर्ने अवस्था देखिएको छ ।” अफ्रिकन स्वाइन फिभर सङ्क्रमण हुँदा बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्ने, मृत्युदर सय प्रतिशत हुनेलगायतका लक्षण देखापर्ने केन्द्र प्रमुख डा श्रेष्ठले बताउनुभयो ।

थापाको फार्ममा रहेका आठवटै बङ्गुर अचानक मरेपछि पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएको उहाँले जानकारी दिनुभयो । केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान गर्न थालेका छन् । केन्द्रका प्रमुख डा श्रेष्ठले भन्नुभयो, “यस रोगका कारण एक चरण बङ्गुर मरेर सकिन्छ होला भन्ने अनुमान गरेका छौँ ।” तनहुँको भीमाद र म्याग्दे गाउँपालिका– ५ मा गरी हालसम्म २२ बङ्गुर मरिसकेको सो केन्द्रले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.