गत २४ घण्टामा ८ हजार ४१८ जनामा कोरोना संक्रमण, थप ५३ जनाकाे मृत्यु

गत २४ घण्टामा ८ हजार ४१८ जनामा कोरोना संक्रमण, थप ५३ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा  थप ८ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। २४ घण्टामा १८ हजार ३०४ जनाको पिसिआर र एन्टिजेनसहित ८ हजार ४१८ जना संक्रमित भएका हुन्।  १७ हजार ३१५ जनाको पिसिआर परीक्षणमा ८ हजार २८७ जनामा पोजिटिभ र ९८९ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन्। हाल ३९८ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा ३ हजार ३७० जना उपचारपछि डिस्चार्ज भएका छन्।
पछिल्लो २४ घण्टामा ५३ जना संक्रमितको मृत्यु भएको छ।

 


Thali Mobile Pvt.Ltd.