भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

गर्डर मेसिन माथिबाट खस्दा भारतमा डेढ दर्जन कामदारको मृत्यु

गर्डर मेसिन माथिबाट खस्दा भारतमा डेढ दर्जन कामदारको मृत्यु

एजेन्सी । गर्डर मेसिन माथिबाट खस्दा भारतमा कम्तिमा डेढ दर्जन कामदारको मृत्यु भएको छ । भारतको महाराष्ट्रमा सडकको पुल निर्माणका क्रममा उक्त मेसिन खस्दा डेढ दर्जन बढीको मृत्यु भएको हो । घटनास्थलबाट १७ वटा शव निकालिएको छ भने भग्नावशेषमा च्यापिएकाहरुको उद्धार कार्य जारी रहेको छ ।

मंगलबार बिहान भएको उक्त घटनामा थुप्रै कामदार घाइते भएको र घाइतेहरुको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेहरुको संख्या बढ्न सक्ने समाचारमा उललेख छ ।
शिव सेनाका संस्थापक बालसाहेब ठाकरेको नाममा बनाइदै गरेको समरुद्धि महामार्ग मुम्बइदेखि नागपुर जोड्ने सात सय एक किलोमिटर लामो रहेको छ ।

महाराष्ट्रको ठाणे जिल्लास्थित समरुद्धि महामार्ग नामक द्रूतमार्गको पुल निर्माणका लागि गह्रौं खालका सामग्रीहरु माथि पु¥याउने क्रममा सय फिट माथिबाट मसिन खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.