भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

गाउँपालिकामा पुगे पहिलोपटक चिकित्सक

गाउँपालिकामा पुगे पहिलोपटक चिकित्सक

गल्कोट ।जिल्लाको ताराखोला गाउँपालिकामा पाँच श्ययाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ । अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेका छन् । नेपाल सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीतिअनुसार बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा पाँच श्ययाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । ताराखोला गाउँपालिकाले हालै निर्माण सम्पन्न गरेको बहुउद्देश्यीय सभाहलमा पाँच श्ययाको अस्थायी कोरोना अस्पताल सञ्चालन गरी सेवा प्रदान गर्न थालिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो ।

सरकारले पाँच श्ययाको कोरोना अस्पताल निर्माण गर्न पठाएको १० लाख बजेटबाट श्यया सेट, आवश्यक उपकरण खरिद गरी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक उदित थापाले जानकारी दिनुभयो । “अस्पताल तयारी अवस्थामा छ, गाउँपालिकामा जम्मा एकजना मात्रै सक्रिय सङ्क्रमित भएकाले उहाँ गाउँपालिकाको आइसोलेसनमा हुनुहुन्छ, अस्पतालले कोरोनाको लक्षण देखिएका बिरामीको मात्रै उपचार गर्नेछ ।” थापाका अनुसार, अस्पताल स्थापनासँगै पहिलोपटक चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ ।

अस्पतालमा हालै मात्र मेडिकल अधिकृत सुवास लामिछाने नियुक्ति भएर सेवा दिन गाउँपालिका आउनुभएको छ ।सरकारले ‘एक गाउँपालिका–एक अस्पताल’ निर्माण गर्ने लक्ष्यअनुरुप सो गाउँपालिकाले सोही स्थान नजिकै अस्पताल भवन निर्माण गर्न थालिएको छ । अस्पताल बनाउनका लागि नेपाल सरकारले ७० लाख बजेट विनियोजन गरी पठाएको छ । अस्पताल निर्माणका लागि आवश्यक सात रोपनी जग्गा व्यवस्थापन भइसकेर निर्माणको चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा हालसम्म सङ्क्रमितको सङ्ख्या २० पुगेको छ भने सक्रिय सङ्क्रतिको सङ्ख्या भने एकजना मात्रै रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।अस्थायी कोरोना अस्पतालमा हाल नेपाल सरकारले तोकेको एकजना मेडिकल अधिकृत, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी नियुक्ति भएर हाजिर भइसकेका छन् । कोरोनाका कारण गाउँपालिकामा पहिलो पटक चिकित्सक आउँदा अन्य स्वास्थ्य समस्यासमेत समाधानमा सहयोग पुग्नेछ । कोरोना अस्पतालमा आइसियु र भेन्टिलेटरबाहेक अन्य सबै सेवा प्रदान गरिनेछ । रासस

 


Thali Mobile Pvt.Ltd.