भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सालको काठसहित प्रहरी नियन्त्रणमा

सालको काठसहित प्रहरी नियन्त्रणमा

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले १७२ थान अवैध सालको काठसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरीको ब्यूरो र इप्रका छिन्चुबाट सोमबार खटिई गएको विशेष टोलीले भेरीगङ्गा नगरपालिका–१० सुर्खेतका ४१ वर्षीय अलबहादुर पुनमगर, सोही नगरपालिका–४ का ४६ वर्षीय उदिराम खत्री र ३८ वर्षीय खिमराज खत्रीलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा प्रहरीले सुर्खेत ठूलाखालबाट छिन्चुतर्फ भे१ह ३३४१ नंको अटोमा लाँदै गरेका अटोचालक पुनमगरबाट ८।५ क्युफिटको २३ थान सालको अवैध काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

त्यस्तै, विशेष सूचनाका आधारमा भेरीगङ्गा नगरपालिका– ४ सुर्खेतका उदिराम खत्रीको घरको करेसाबारीमा लुकाइछिपाई राखेको अवस्थामा ११४।४७ क्युफिटको १३६ थान सालको अवैध काठ र सोही वडाका खिमराज खत्रीको घरमा लुकाइछिपाई राखेको अवस्थामा ७।११ क्युफिटको १३ पिस सालको अवैध काठ बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । उहाँका अनुसार, बरामद गरिएको अवैध काठ र नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय छिन्चु सुर्खेतमा बुझाइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.