भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

गुजरात सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागि नहुने

गुजरात सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागि नहुने

काठमाडौं । कोरोना भाइरस संक्रमितको सङ्ख्या भारतमा ह्वात्तै बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ ।

गुजरातमा जनवरी १० देखि हुने भनिएको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भाइब्रेन्ट सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवालाई भारतबाट निमन्त्रणा आएको थियो । उक्त सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निमन्त्रणा दिएका थिए ।

देउवा जनवरी ९ मा गुजरात जाने कार्यक्रम तय भएको थियो । सम्मेलनका क्रममा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ताको कार्यक्रम पनि तय भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.